पर्सामा वेवारिसे अवस्थामा प्रतिबन्धित लागु औषध एम्पुल बरामद ।

समाचार

रसीद आलम,बिरगंज ७ असोज ।

वीरगञ्ज महानगरपालिका मनियारीमा वेवारिसे अवस्थामा ८९१५ एम्पुल प्रतिबन्धित लागु औषध बरामद भएको पर्सा प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शुक्रबार दिउँसो १२:०० बजेको समयमा वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी निरीक्षक धर्मजंग थिङको कमाण्डमा खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नं.२२ मनियारी टोल बस्ने देवेन्द्र यादवको खाली खेतमा २ वटा पहेलो रंगको बोराभित्र सो प्रतिबन्धित लागु औषध बरामद गरिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले बताए ।

उक्त बोरा खोली हेर्दा सो भित्र प्रतिबन्धित लागु औषध DIAZEPAM Injection २३३५ एम्पुल NOORPHIN Injection-३१६९ एम्पुल र PHENERGAN Injection ३४११ एम्पुल गरी जम्मा ८९१५ एम्पुल फेला परेको हुँदा उल्लेखित परीमाणको लागु औषध वेवारिसे अवस्थामा बरामद गरी थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *