बारा : अबैध उत्खनन गरेको आरोपमा बालुवा लोड रहेको १० वटा ट्याक्टर पक्राउ ।

समाचार

रसीद आलम,बारा,८ असोज

बालुवा लोड रहेको १० वटा ट्याक्टरहरुलाई अबैध उत्खनन गरेको ,कुनै पनि आधिकारिक पत्र तथा सिफारिस नभएको आरोपमा नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ।

आइतबार ५:३० बजेको समयमा जितपुरसिमरा उ.म.न.पा. वडा नं.०३ बजनी स्थित खटिएको प्रहरी टोलीले दुधौरा खोलाबाट बालुवा अबैध उत्खनन गरी जितपुर तर्फ जादै गरेको ना.२.त.५९९७, ना.२.त.९७१३, ना.२.त.९९४४, ना.२.त.९८७९, ना.३.त.४४१२, ना.४.त.७१५८, ना.४.त.४३७१, ना.५.त.४५४० र जितपुरसिमारा उ.म.न.पा. वडा नं.०४ स्थित दुधौरा खोलामा ना.७.प.४५३६, प्र.०३-००१.त.३९२१ नम्बरको १० वटा ट्रयाक्टरहरुलाई रोकी चेकजाँच गर्दा कुनै पनि आधिकारिक पत्र तथा सिफारिस नभएकोले आवश्यक कारवाहीको लागी बालुवा सहित ट्रयाक्टरहरुलाई नियन्त्रणमा लिई कानूनी प्रकृया अगाडी बढाईएको बारा प्रहरीका सूचना अधिकारी प्र.ना.उ.(डिएसपी) दधिराम न्यौपानेले बताएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *