पर्सा :लागु औषध चरेश ३२ किलो सहित एक जना मानिस पक्राउ ।

समाचार

रसीद आलम, बिरगंज ,८ असोज ।

लागु औषध चरेश र मोटरसाइकल सहित एक जना मानिसलाई पर्साको जिराभवानी गाउँपालिका -१ बाट पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ।

विशेष सूचनाको आधारमा आइतबार  जिराभवानी गाउँपालिका वडा नं.१ गम्हरिया स्थित सडकखण्डमा लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगञ्ज तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले सुवर्णपुरबाट वीरगञ्जतर्फ आउदै गरेका ना.६१ प ९७०० नम्बरको निलो साईन मोटरसाईकललाई चेकजाँच गर्दा ठोरी गाउँपालिका वडा नं.४ विजयबस्ती बस्ने वर्ष ३४ को क्षेत्र बहादुर श्रेष्ठले मोटरसाईकलको  पछाडी सिटमा एउटा सेतो बोराभित्र टेपले र्‍यापिङ गरी प्रति प्याकेट ५०० ग्रामका दरले ६४ प्याकेटमा जम्मा ३२ के.जी.लागु औषध चरेश फेला परेको हुँदा मोटरसाइकल र उल्लेखित लागु औषध सहित निज क्षेत्र बहादुर श्रेष्ठलाई नियन्त्रणमा लिइएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले जनाएका छन् ।

लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको प्रवक्ता थापाले बताए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *