बिल बिजक संकास्पद रहेको ट्रक पर्सा प्रहरीद्वारा पक्राउ।

समाचार

रसीद आलम, बिरगंज ,८ असोज ।

बिल बिजक संकास्पद तथा बिल बिजक भन्दा बढी खुद्रा तथा लत्ताकपडाहरू लोड रहेको ट्रक पर्सा प्रहरीले पक्राउ गरेको छ।

आइतबार राती ११:४५ बजेको समयमा बिल विजक भन्दा बढी लत्ताकपडाहरू तथा खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट रुपन्देहीतर्फ जाँदै गरेको विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नं.२१ परवानीपुर स्थित सडकखण्डमा ना.५ ख ४३२८ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा उक्त ट्रकलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक(डिएसपी)कुमार बिक्रम थापाले जनाएका छन् ।

पक्राउ गरेको ट्रक र सो भित्र लोड रहेको लत्ताकपडा तथा खुद्रा सामानहरूको रू.५९ लाख ०४ हजार ६ सय ६१ बराबरको मुल्यांकन गरि थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको डिएसपी थापाले बताए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *