कपिलवस्तु ,१४ असोज ।
कपिलवस्तुको बुद्धभूमी नगरपालिकामा भारी मात्रामा रक्तचन्दन बरामद भएको प्रहरीले जनाएको छ ।
विशेष सुचनाको आधारमा आइतबार ५:१५ बजे कपिलवस्तुको बुद्धभूमी न.पा.१ पत्थरकोटमा जिल्ला प्रहरी कार्यालय कपिलबस्तु बाट प्र.ना.उ.गंगा बहादुर थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले अर्घाखाँचीबाट कपिलवस्तु तर्फ आउदै गरेको ना ५ ख ७३८२ नम्बरको ट्रकमा रोकी चेकजाँच गर्ने क्रममा ६१६ किलो ग्राम रक्त चन्दन रातो काठ बरामद भएको नेपाल प्रहरीले जानकारी गराएको छ।
प्रहरीका अनुसार ट्रक संगै आई रहेको लु २ च १६३९ नम्बरको बलेरो पिकअपको पछाडीको ढालामा लुकाई छिपाई राखेको ३६.१८ किलो ग्राम रक्त चन्दन पक्राउ गरिएको छ।
सो पक्राउ गरिएको रक्त चन्दनहरुको बजार मुल्य रु.१ करोड ६३ लाख रहेको छ।
रक्त चन्दन तस्करीको आरोपमा आठ जना ब्यक्तिहरुलाई नियन्त्रणमा लिई मानिस,सवारी साधन तथा उक्त काठ सहित आवश्यक कारवाहीको लागि डिभिजन बन कार्यालय तौलिहवा कपिलवस्तु पठाईएको नेपाल प्रहरीले जनाएको छ।स्रोत नेपाल प्रहरी
