मकवानपुर ,१४ असोज।
प्रतिबन्धित लागूऔषध नाईट्राभेट ट्याब्लेट १०५०पिस सहित एक जनालाई पक्राउ गरेको मकवानपुर प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गत बुधबार प्रहरी चौकी बसामाडी मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौडा उ.म.न.पा. वडा नं १९ तिनताप्के स्थित सडकमा हातमा झोला बोकी शंकास्पद रुपमा हिडिरहेको अवस्थामा चितवन राप्ती न.पा. वडा नं.१५ कोराक बस्ने वर्ष २३ को बिकाश मोक्तानलाई खानतलासी गर्दा निजले बोकेको झोला भित्र लुकाई छिपाई गरी ल्याएको अवस्थामा १०५० ट्याव्लेट लागूऔषध नाईट्राभेट फेला परेको हुदाँ उक्त लागूऔषध सहित निज बिकाश मोक्तानलाई नियन्त्रणमा लिईएको मकवानपुर प्रहरीले जनाएको छ।
पक्राउ परेका मोक्तानलाई जिल्ला अदालत मकवानपुरबाट ५ दिनको म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी गराएको छ।