रसीद आलम, बिरगंज ,१२ असोज ।
पर्सामा बिल बिजक भन्दा बढी हार्डवेयर तथा खुद्रा समानहरू लोड रहेको ट्रक नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ् ।
पर्सा प्रहरीका अनुसार बिहीबार ११:३० बजे राती बिल विजक भन्दा बढी हार्डवेयर तथा खुद्रा समानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट सप्तरीतर्फ जाँदै गरेको सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक स्थित सडकखण्डमा ना.४ ख २४७१ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा पक्राउ गरिएको हो।
ट्रक र सो भित्र लोड रहेको समानहरूको रू. ४६ लाख ५ सय ९५ बराबरको मुल्यांकन गरि थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले बताए ।