रसीद आलम, बिरगंज ,१२ असोज ।
एक महिलाको वेवारिसे अवस्थामा लास फेला परेको पर्सा प्रहरीले जनाएको छ् ।
बिहीबार पर्साको बिन्दबासिनी गाउँपालिका वडा नं.२ ढोङ्गही खोलाको उतर किनारमा नामथर वतन नखुलेकी अन्दाजी ४०/६० वर्षकी महिलाको मृतक लास सडेगलेको अवस्थामा वेवारिसे फेला परेको प्रहरीले जनाएको छ।
मृतकको लास नारायणी अस्पताल वीरगञ्जको शव गृहमा राखी थप अनुसन्धान कार्य भैरहेको पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले बताए ।
साथै मृतकको कपडा र हुलियासंग मिल्ने कोही महिला हराइ रहेको भए जिल्ला प्रहरी कार्यालय पर्सामा सम्पर्क राखी अनुसन्धान कार्यमा सहयोग पुर्याइ दिन हुन अनुरोध समेत डिएसपी थापाले गरेका छन् ।
महिलाको हुलिया उचाई ५ फिट २ ईन्च, वजन ४०/४५ के.जी. ,निलो रङ्गको पेटिकोट, रातो रङ्गको बलाउज र रातो रङ्गको चुरा र शरीरको बनौट मध्यम रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी गराएको छ।