पर्सा : लागु औषध गाँजा सहित दुई जना पक्राउ।

समाचार

युगलकिशोर श्रीवास्तव , बिरगंज ,१२ असोज।

प्रतिबन्धित लागु औषध गाँजा सहित दुई जना मानिसहरूलाई पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ।

बिहीबार ९:२० को समयमा पर्साको बिन्दबासिनी गाउँपालिका वडा नं.५ प्रसौनीभट्टा गाँउ नजिक सडकखण्डमा संकास्पदरूपमा साईकल चलाई गईरहेको दुईजना व्यक्तिहरुलाई प्रहरी चौकी प्रसौनीभट्टा पर्साबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा लुकाई छिपाई आफ्नो शरिरमा पहेलो रङको टेपले बेरी बाँधेको कालो रङको पोलोथिनको ४ वटा पोकामा १/१ किलो दरले ४ किलो लागू औषध गाँजा फेला परेको हुँदा निजहरुलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले बताए ।

पक्राउ पर्नेहरूमा बहुदरमाई न.पा. वडा नं.९ बिश्रामपुर बस्ने लोटन राउत कुर्मी र सोही बस्ने देवलाल साह कलवार रहेका प्रहरीले जनाएको छ।

पक्राउ परेका कुर्मी र साहलाई ईलाका प्रहरी कार्यालय पोखरीयामा ल्याइ निजहरू विरुद्द लागु औषध सम्बन्धि कसूर मुद्दामा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप लिई  अनुसन्धान कार्य भैरहेको प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले जानकारी गराएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *