रसीद आलम ,बिरगंज ,चैत १७।
प्रतिबन्धित लागु औषध गाँजा सहित तिन जना मानिसहरुलाई पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ।
आज बेलुका ४ बजेको समयमा जगरनाथपुर गा.पा. वडा नं. २ जानकीटोला चोक स्थित सडकखण्डमा ना.१४ प ७२२४ नम्बरको मोटरसाइकल संकास्पदरूपमा जानकीटोलाबाट भिख्मपुर तर्फ जाँदै गरेकोमा ईलाका प्रहरी कार्यालय जानकीटोलाबाट खटिएको नियमित चेकिङ टोलीले चेकजाँच गर्दा उक्त मोटरसाइकलमा लुकाइ छिपाइ ल्याएको प्रतिबन्धित लागु औषध गाँजा ३ के.जी. फेला परेको हुँदा उक्त मोटरसाइकल सहित तिनजनालाई नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी गराएका छन् ।
पक्राउ पर्नेहरूमा छिपहरमाई गा.पा. वडा नं. ४ बस्ने वर्ष २२ को चन्दन कुमार साह,छिपहरमाई गा.पा. वडा नं. ४ बस्ने वर्ष २० को अरवाज आलम र छिपहरमाई गा.पा. वडा नं. ४ बस्ने वर्ष २४ को सुनिल कुमार गुप्ता रहेका छन ।
सो सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
