प्रतिबन्धित लागु औषध सहित दुई जना ब्यक्तिलाई पर्सा प्रहरीद्वारा पक्राउ ।

समाचार

रसीद आलम।बिरगंज ,चैत १७।
बिरगंजमा प्रतिबन्धित लागु औषध सहित दुई जना मानिसलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
चैत १६ गतेमा साझ ६:१५ मा जिल्ला प्रहरी कार्यालय तथा लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पर्साको संयुक्त चेकिङ टोलीले वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्तीचोक स्थित सडकखण्डमा भारतको रक्सौलबाट वीरगञ्ज तर्फ आउदै गरेको ना.३२ प ९४०३ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा जिल्ला मकवानपुर हेडौडा उ.म.न.पा.वडा नं.१ बस्ने वर्ष ३६ को संजिव केशरीले चलाइ ल्याएको मोटरसाइकलको सिटमुनी कालो प्लाष्टिकमा लुकाइ छिपाइ लागु औषध नाईट्राभेट १ पत्तामा ३० ट्याब्लेट गरी २० पत्तामा ६०० पिस ट्याब्लेट फेला परेको हुँदा सो मोटरसाइकल तथा निज संजिव केशरीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

लागु औषध सम्बन्धी कसुरमा आजै पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भैरहेको पर्सा प्रहरीका सूचना अधिकारी दिपक गिरिले जनाएका छन् ।

साथै आज जिल्ला प्रहरी कार्यालय तथा लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पर्साको संयुक्त चेकिङ टोलीले वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्तीचोक स्थित सडकखण्डमा भारतको रक्सौलबाट वीरगञ्ज तर्फ १ जना अपरिचित व्यक्ति संकास्पदरूपमा पैदल हिंडिरहेकोमा निजलाई रोकी खानतलासी गर्दा निजको साथबाट प्रतिबन्धित लागु औषध फेनारगन-४७ एम्पुल, डाईजेपाम-४७ एम्पुल, नुर्फिन-४७ एम्पुल गरी जम्मा १४१ एम्पुल फेला परेको हुँदा निजलाई नियन्त्रणमा लिइएको हो।
निज बिरुद्द लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी गराएका छन् ।

पक्राउ पर्नेमा चितवन भरतपुर म.न.पा.वडा नं.४ रामघाट बस्ने वर्ष २५ को विशाल श्रेष्ठ रहेका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *