बिरगंज महानगरमा प्रतिबन्धित लागु औषध गाँजा सहित दुई जना पक्राउ ।

समाचार

रसीद आलम।बिरगंज ,चैत १७।
चैत १६ गते बिहान् ११:५० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं.३१ मिलनचोक स्थित सडकखण्डमा प्र.-२-०३-००१ ह २२७ नम्बरको अटो संकास्पदरूपमा जितपुरबाट बडनिहार तर्फ जाँदै गरेकोमा प्रहरी चौकी मिलनचोकबाट खटिएको नियमित चेकिङ टोलीले चेकजाँच गर्दा उक्त अटोमा लुकाइ छिपाइ ल्याएको प्रतिबन्धित लागु औषध गाँजा ५ के.जी. फेला परेको हुँदा उक्त लागु औषध, अटो सहित २ जना मानिसहरुलाई नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ ।

निजहरू विरुद्द लागु औषध सम्बन्धी कसुरमा आज पर्सा जिल्ला अदालतबाट ७दिनको म्याद थप गरी अनुसन्धान कार्य भैरहेको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले जनाएका छन् ।
पक्राउ पर्नेहरूमा चितवन राप्ती न.पा.वडा नं. ११ बस्ने वर्ष २९ को बुद्दिराज घलान र पर्सागढी न.पा.वडा नं. ३ बस्ने वर्ष ४२ को पासाङ लामा रहेका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *