बिपिन जोशीको शीघ्र रिहाइका लागि अन्तर्राष्ट्रिय पहल जारी:प्रधानमन्त्री ओली

राजनीति समाचार

काठमाडौं, २ भदौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलमा हमास समूहद्वारा बन्धक बनाइएका नेपाली युवक बिपिन जोशीको शीघ्र रिहाइ सुनिश्चित गर्न सरकार निरन्तर पहलरत रहेको बताएका छन्।

उनका अनुसार इजरायलस्थित नेपाली दूतावासको समन्वयमा बिपिनकी आमा पद्मा र बहिनी पुष्पाले इजरायलका राष्ट्रपति महामहिम आइज्याक हेर्जोग र संसद अध्यक्ष आमिर ओहानासँग भेट गरी रिहाइका लागि आग्रह गरेका छन्।

यसअघि प्रधानमन्त्री ओलीले मध्यपूर्वको शान्तिका लागि सक्रिय टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग गत चैत ७ गते र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग गत फागुन २८ गते बिपिनको विषयमा फोन संवाद गरी ध्यानाकर्षण गराएका थिए।

प्रधानमन्त्री ओलीले बिपिनको सुरक्षा सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै खाडी क्षेत्रका दूतावासमार्फत परराष्ट्र मन्त्रालय निरन्तर संवादमा जुटिरहेको जानकारी दिएका छन्।

यस क्रममा इजरायलमा सहयोग गरिरहेका नेपाली समुदाय, स्थानीय नागरिक, पत्रकार, सुरक्षाकर्मी र सामाजिक अभियन्ताप्रति उनले विशेष धन्यवाद व्यक्त गरेका छन्।
“बिपिनका परिवारको साथमा सरकार सधैं रहनेछ,” प्रधानमन्त्री ओलीले भने।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *