रसीद आलम, बारा, ११ असोज ।
बिलबिजक सन्कास्पद रहेको ७१ लाख बराबरको खुद्रा सामानहरु लोड रहेको दुईवटा ट्रक पक्राउ गरेको बारा प्रहरीले जनाएको छ।
बिहीबार राति १२:१५ को समयमा जितपुरसिमरा उ.म.न.पा.१ पथलैया चोकमा खटिएको प्रहरी चेकिङ टोलीले बिशेष सुचनाको आधारमा विरगंज बाट काठमाण्डौँ तर्फ जादै गरेको ना.६.ख.७१ र वा.४.ख११२५ नम्बरको ट्रक लाई रोकी चेक जाँच गर्दा विल विजक भन्दा बढीको खुद्रा सामानहरू रहेको र उक्त सामानको स्रोत खुलाउन नसकेकोले तथा बिलबिजक सन्कास्पद देखिएको हुदा ट्रकहरुलाई नियन्त्रणमा लिएको बारा प्रहरीका सूचना अधिकारी प्र.ना.उ.(डिएसपी) दधिराम न्यौपानेले बताएका छन् ।
उक्त खुद्रा सामानहरुको रु.७१ लाख ९० हजार ४ सय ४६ बराबरको मुल्यांकन गरि थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
