पर्सा :बिल बिजक भन्दा बढी विभिन्न सामानहरू लोड रहेको ट्रक पक्राउ ।

समाचार
रसीद आलम, बिरगंज ,१० असोज ।

बिल बिजक भन्दा बढी खुद्रा तथा कस्मेटिका सामानहरू लोड रहेको ट्रक पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ।

विशेष सूचनाको आधारमा मंगलवार राती ९:४०को समयमा बिल विजक भन्दा बढी कस्मेटिक तथा खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट मोरङतर्फ जाँदै गरेको अवस्थामा वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डकमा ना.३ ख ३९४९ नम्बरको मालवाहक ट्रक पक्राउ परेको छ।

ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा उक्त ट्रकलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले जानकारी गराए।

पक्राउ परेका ट्रक र सो भित्र लोड रहेको विभिन्न   सामानहरूको रू.५८ लाख १६ हजार ६ सय २८ बराबरको मुल्यांकन गरि थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रवक्ता थापाले बताए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *