बारामा गोलि प्रहार,एक भारतीय युवकको हत्या।

समाचार

रसीद आलम,बारा,१० असोज।

बारामा गोलि प्रहार गरी एक भारतीय युवकको हत्या भएको प्रहरीले जनाएको छ।

मंगलवार साझ ६:१० बजेको समयमा नेपाल-भारत सीमाभन्दा करिब ७०० मिटर नेपालतर्फ बाराको पचरौता न.पा.६ लक्ष्मिनिया स्थित रहेको पोखरी नजिक एक भारतीय युवक जिल्ला मोतिहारी दर्पा थाना-१  सुक्लहिया गाँउ बस्ने रामपुकार सिंहको छोरा वर्ष २२ को अजित कुमार सिंहको गोली प्रहार गरी हत्या भएको बारा प्रहरीले जनाएको छ।

भारतको मोतिहारी जिल्ला दर्पा थाना-१ सुक्लहिया बस्ने वर्ष २५ को सुजित कुमार सिंह लगायत सोहि बस्ने वर्ष २४ को चञ्चल पाञ्डे, वर्ष २२ को मनिष कुमार सहनी र वर्ष २० को कामेश्वर सहनी हत्याको मुख्य आरोपी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी गराएको छ।

आरोपीहरु दुईवटा अन टेस्ट मोटरसाईकलमा नेपाल प्रवेश गरेको तथा लक्ष्मिनिया स्थित रहेको पोखरी नजिकमा पुगेपश्चात सँगै एउटै बाईकमा पछाडि बसेका सुजित कुमार सिंहले निज मृतक अजित कुमार सिंहलाई पछाडिबाट गोली प्रहार गरी हत्या गरी सोही अन टेस्ट मोटरसाईकलमा भारततर्फ भागेको बारा प्रहरीका सूचना अधिकारी प्र.ना.उ.(डिएसपी) दधिराम न्यौपानेले बताएका छन् ।

घट्नास्थलबाट एक थान गोलि र एक थान गोलिको खोका बरामद गरिएको तथा शव पोष्टमार्टमको लागि नारायणी अस्पताल विरगञ्ज पठाईएको डिएसपी दधिराम न्यौपानेले जनाए ।

उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी गराएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *