बारामा सशस्त्र प्रहरीद्वारा करिब ५ लाख बराबरको अवैध सामान बरामद

समाचार

बारा, १५ भदौ ।
सशस्त्र प्रहरी बल बाराले तस्करी नियन्त्रण अभियान अन्तर्गत बारा जिल्लाका विभिन्न सीमा क्षेत्र तथा सडक खण्डबाट करिब पाँच लाख रुपैयाँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल बाराका एसपी खुमबहादुर केसिको नेतृत्वमा गत भाद्र १४ गते सञ्चालन गरिएको विशेष अभियानमार्फत बरामद भएका सामानहरूमा कपडा, किराना सामग्री, मोटरसाइकल तथा मोटर पार्ट्स रहेका छन्।

सशस्त्र प्रहरीले दिएको जानकारीअनुसार,
१. पथलैया–हेटौडा सडक खण्ड, अमलेखगञ्ज : जितपुर सुरक्षा बेसको मोबाइल टोलीले नियमित चेकजाँचका क्रममा करिब २ लाख ६७ हजार रुपैयाँ मूल्य बराबरको कपडा र किराना सामग्री बरामद गरेको छ।
२. सिम्रौनगढ नपा–३, झरोखर सीमा क्षेत्र : सीमा सुरक्षा गुल्म पिपरपातिको टोलीले मोटरसाइकलसहित करिब २ लाख रुपैयाँ बराबरको किराना सामान नियन्त्रणमा लिएको हो।
३. सुवर्णपुर गापा–३, संतगञ्ज सीमा इलाका : बीओपी कबैगोठले करिब ४० हजार रुपैयाँ मूल्य बराबरका मोटर पार्ट्स बरामद गरेको छ।

बरामद गरिएका सम्पूर्ण सामान आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *