वीरगञ्ज–३१ मा गुडविल सोसाइटीद्वारा ५० थान मच्छरदानी वितरण

समाचार

वीरगञ्ज,१५ भदौ ।

गुडविल सोसाइटी संस्थाले वीरगञ्ज महानगरपालिका–३१ का स्थानीयवासीलाई ५० थान मच्छरदानी (Mosquito Net) वितरण गरेको छ।

हाल सो क्षेत्रमा मच्छरको प्रकोप अत्यधिक बढ्दै गएर स्वास्थ्य समस्या उत्पन्न भइरहेको स्थानीयवासीहरूको गुनासो पाएपछि संस्थाले राहतस्वरूप मच्छरदानी वितरण गरेको हो। वितरण कार्यक्रममा वीरगञ्ज–३१ का वडाध्यक्ष जितेन्द्र यादव विशेष उपस्थित रहेका थिए।

कार्यक्रममा गुडविल सोसाइटीका अध्यक्ष अरबाज आलम, उपाध्यक्ष सज्जाद, सदस्यहरू किशन पटेल, शाहनवाज, सुहैब, सलाउँदिन, सम्सुदिन, आमिर, सौकत, साहिल, सम्सुल, समीर लगायतका प्रतिनिधिहरूको उपस्थिति थियो। त्यस्तै, स्थानीयवासी उमर अन्सारी, अली हसन लगायत समुदायका सक्रिय सहभागिता पनि रहेको थियो।

वक्ताहरूले मच्छरजन्य रोग नियन्त्रणका लागि सचेतना र सावधानी अत्यावश्यक रहेकोमा जोड दिएका थिए। साथै, गुडविल सोसाइटीले स्थानीय समस्याका आधारमा आगामी दिनमा पनि यस्ता सामाजिक सहयोग कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *