बारा : प्रहरीद्वारा अबैध घरेलु मदिरा भट्टी नष्ट ।

समाचार

रसीद आलम, बारा,१९ असोज ।

जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न ठाउँहरुमा छापामारी गरि भारी मात्रामा अबैध घरेलु मदिरा तथा भट्टी नष्ट गरेको जनाएको छ।

बिहीबार बारा प्रहरीको टोलीले बाराको करैयामाई गा.पा. वडा न.३ गालोपट्टीको १ ठाउँमा महागढीमाई न.पा.वडा न. १० र ३ गंजभवानीपुरको ९ ठाउँमा छापामारी गरि मदिरा राख्ने १४ वटा ड्रम ,मदिरा तयार पार्ने ५ वटा मेशिन तथा मदिरा राख्ने डेक्ची १ वटा बरामद गरि नियन्त्रणमा लिएको छ।

सो स्थानबाट मदिरा बनाउने कच्चा पदार्थ ५४ हजार लिटर तथा तयारी मदिरा २५ हजार लिटर बरामद गरि नष्‍ट गरिएको बारा प्रहरीका सूचना अधिकारी प्र.ना.उ.(डिएसपी) दधिराम न्यौपानेले बताएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *