सशस्त्र प्रहरी बल पर्साद्वारा अबैध लत्ताकपडा बोकेको ट्रक पक्राउ ।

समाचार

रसीद आलम,बिरगंज ,२५ असोज ।

पर्साबाट विल विजक भन्दा बढी तथा फरक लत्ताकपडा बोकेको ट्रक नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल पर्साले जनाएको छ।

पर्सा जिल्लाको बिरगंज महानगरपालिका १७ स्थित आईसीपी ईलाकाबाट असोज २४ गते सशस्त्र प्रहरीले प्रज्ञापन पत्रमा उल्लेख भएभन्दा बढी र फरक सामान बोकेको लत्ताकपडासहित ट्रक नियन्त्रणमा लिएको सशस्त्र प्रहरी पर्साका एसपी किशन कर्मचार्यले जनाए ।

विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म अलौले बिरगंजबाट काठमाडौतर्फ आउँदै गरेको ना ८ ख ३९७८ नम्बरको माल वाहक ट्रक नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको लत्ताकपडाको भन्सार प्रज्ञापन पत्रमा भने ९८ लाख ३७ हजार ३ सय ६ रुपैयाँ कायम रहेको छ ।

नियन्त्रणमा लिइएको ट्रक र बरामद लत्ताकपडासहित आवश्यक कार्वाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी डिएसपी सङ्गम श्रेष्ठले बताए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *