बारा: अवैध घरेलु मदिरा भट्टी नष्‍ट(भिडियो सहित)

समाचार

रसीद आलम, बारा,७ कार्तिक ।

बारा प्रहरीले कार्तिक ५ मा भारी मात्रामा अवैध घरेलु मदिरा भट्टी नष्‍ट गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बारा र मातहतबाट खटिएका प्रहरी टोलीले बाराको करैयामाई गा.पा.३ गालोपाट्टीमा ३ ठाउँ,बारागढी गा.पा.-३ वुसुनपुर्वामा २ ठाउँ र बारागढी गा.पा.-३ खोपवा २ ठाउँमा छापामारी गरि मदिरा राख्ने २६ वटा ड्रम ,मदिरा तयार पार्ने ६ वटा मेशिन तथा मदिरा राख्ने अन्य भाडाकुडा ६ वटा बरामद गरि नियन्त्रणमा लिएको छ।

सो स्थानबाट मदिरा बनाउने कच्चा पदार्थ ८ हजार ५ सय लिटर तथा तयारी मदिरा ९ सय लिटर बरामद गरि नष्‍ट गरिएको बारा प्रहरीका सूचना अधिकारी प्र.ना.उ.(डिएसपी) दधिराम न्यौपानेले बताएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *