सशस्त्र प्रहरी बल धनुषाद्वारा हतियार सहित एक१६ वर्षीया बालिका नियन्त्रणमा ।

समाचार

धनुषा ,८ कार्तिक ।

सशस्त्र प्रहरी बल नेपाल धनुषाले हतियार सहित एक १६ वर्षीया बालिकालाई नियन्त्रणमा लिएको जनाएको छ।

कार्तिक ७ मा साझ ७:४० बजे विशेष सूचनाको आधारमा धनुषा जनकपुर उ.म.न.पा.१ रेल्वे स्टेशन नजिक रहेको हनुमान मन्दिरको प्राङ्गणमा रेल्वे सुरक्षा बेश जनकपुर धनुषा धामबाट सशस्त्र प्र.ना.उ.खड्क बहादुर शाहीको कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्दा भारत जिल्ला लख्खि शेराई ग्रामपत्र्चायत बडीपोखरी वडा नं.९ बस्ने वर्ष १६ की पुजा कुमारी सहनीलाई कटुवा पेस्तोलसहित पक्राउ गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।

निज बालिकाको साथबाट कटुवा पेस्तोल १ थान ,नेपाली ६५ रुपैया, भारतीय 5G सिम १ थान र चाँदीको जस्तो देखिने मालाको लकेट १ थान बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल मधेस प्रदेश प्रमुख डिआईजी दिपेन्द्र शाहले बताएका छन् ।

पक्राउ परेकी बालिका आवश्यक कार्वाहीको लागि रेल्वे सुरक्षा बेश जनकपुरधाम धनुषाको नियन्त्रणमा रहेको तथा सो सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको डिआईजी शाहले जनाए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *