रसीद आलम,बारा,९ कार्तिक ।
बाराको सुवर्ण गाउँपालिका वडा नं. ४ हर्दियाको बरियारपुर सडक खण्डमा बुधबार मोटरसाइकल एक आपसमा ठोकि दुर्घटना हुँदा एक जनाको मृत्यु भएको तथा अर्का एक जना सख्त घाइते भएको प्रहरीले जनाएको छ ।
हर्दिया बाट पसुरामपुर तर्फ जादै गरेको बिआर २९३३ नम्बरको भारतीय मोटरसाइकल र बिपरीत दिशाबाट आउदै गरेको ना ४४ प ११९ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदा बिआर २९३३ नम्बरको भारतीय मोटरसाइकल चालक बारा सुवर्ण गा.पा. वडा नं. ८ पसुरामपुर बस्ने वर्ष २६ को मिनताज देवानको टाउको तथा शरिरको बिभिन्न भागमा चोट पटक लागी गम्भिर अवस्थामा एस एल न्यूरो अस्पतालमा उपचार भईरहेको छ।
ना ४४ प ११९ नम्बरको मोटरसाइकल चालक बारा महागढीमाई न.पा. वडा नं. ७ बेनौली टोल बस्ने वर्ष ४५ को राकेश यादवको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको बारा प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाराको अनुसार एस एल न्यूरोमा उपचाररत मिनताज देवानलाई प्रहरीको निग्रानीमा राखी उक्त घटनाको थप अनुसन्धान कार्य भई रहेको छ।
