ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीद्वारा राष्ट्रिय झण्डा सहित ११ जना पक्राउ ।

समाचार

रसीद आलम, पर्सा ,२ मंसिर ।

हामी नेपालीहरुको आन बान शान हाम्रो प्राण भन्दा प्यारो हाम्रो राष्ट्रिय झण्डा हाम्रो नेपालमै सुरक्षित नभएको एउटा घटनाले प्रमाणित भएको छ।

घटना हो पर्सागढी गाउँ पालिकाको।पर्सागढी गाउँ वडा नं.०९ स्थितमा रहेको सिङ्गे पुलमा सिङ्गारिएर राखिएको शानले फरफराई रहेको नेपालको राष्ट्रिय झण्डालाई केही उछृङल गलत प्रवृत्ति सोच भएका समुहले कार्तिक २६ गते हो-हल्ला गरी उक्त पुलको पोलमा राखिएको झण्डा मध्ये ६ वटा झण्डा निकाली फालिरहेको तथा चोरी गरिरहेको अवस्थामा स्थानीयहरुले प्रहरीलाई जानकारी गराएका थिए ।

जानकारी हुनसाथ स्थानीय प्रहरीको टोली घटना स्थलमा पुगेपछि झण्डा चोरी गर्ने गिरोह फरार भएको थियोे।

सो घटनाले स्थानीय प्रहरीको टाउको दुखाई भैरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक राम राजा केशरीको कमान्डमा प्रहरी टोलि सिसिटिबी फुटेजको अधारमा तथा सादा पोशाकमा प्रहरी परिचालन गरि कार्तिक २९ राति २ बजे पुनः केही उछृङल समुहले मदिरा सेवन गरि हो हल्ला गर्दै सिङ्गे पुलमा राखिएको नेपालको राष्ट्रिय झण्डा ४ वटा निकाली फालिरहेको तथा चोरी गरिरहेकै अवस्थामा प्रहरी निरीक्षक केशरीको कमान्डमा तथा मातहत अस्थायी प्रहरी पोस्ट मनवाका प्रहरी टोलीले घेरा हाली ११ जनालाई झण्डा सहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले जनाएको छ।

पक्राउ पर्नेहरूमा पर्सागढी न.पा. वडा नं.०१ मनवा टोल बस्ने वर्ष १९ को अंगित पटवारी, सोही बस्ने वर्ष १९ को सुलभ श्रेष्ठ सोही बस्ने वर्ष २० को बिश्वास चौधरी,सोही बस्ने वर्ष १९ को निर्मल चौधरी,सोही बस्ने वर्ष २१ को कृष्ण प्रसाद पोखेल, सोही बस्ने वर्ष २० को बिराज ठाकुर,वर्ष १९ को दिपु ओझैया,वर्ष १९ को सागर चौधरी,सखुवाप्रसौनी गा.पा. वडा नं.०१ सखुवनिया टोल बस्न वर्ष १९ को गौतम महत्तो, सोही बस्ने वर्ष १९ को नन्दन दास थारु र वर्ष १९ कै लक्की चौधरी रहेका छन् ।

निजहरुलाई नियन्त्रणमा राखी मंसिर १ गते पर्सा जिल्ला अदालतबाट अभद्र ब्यवहार कसुरमा १० दिनको थप म्याद लिई अनुसन्धान कार्य भैरहेको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक राम राजा केशरीले जनाए  ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *