पर्सा , ७ मंसिर ।
पर्साको पटेर्वा सुगौली गाउँपालिकाको पथरैयामा रहेको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ।
प्रतिदिन पर्सामा रक्तदान गर्नेहरुको संख्यामा कमी हुदाँ रक्त सन्चार केन्द्रमा रगतको अभाव हुने भएकोले त्यसलाई लक्षित गरि “रक्तदान जिवनदान” भन्ने नाराका साथ ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले रक्तदान कार्यक्रमको आयोजना गर्न गइरहेको जनाइएको छ ।
मिति २०८०/०८/०९ गते शनिवारको दिन विहान ८ बजे देखी दिउँसो २ सम्म रक्तदान कार्यक्रम हुन गइरहेको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक राम राजा केशरीले जनाएका छन् ।
कार्यक्रमा रक्तदान गर्ने रक्तदाताहरुका लागी विभिन्न किसिमका पौष्टिक खानेकुरा साथै टी शर्ट, चिटर, प्रमाणपत्र र कार्यक्रममा सहयोग गर्ने क्लब वा संघ संस्थाहरुलाई प्रशंसापत्र सहित सम्मान गरिने प्रहरी निरिक्षक केशरीले बताए ।

रक्तदानमा सहभागी हुने इच्छुक रक्तदाताहरुलाई कार्यालयको मोबाईल नम्बर ९८५५०९०७०५ र ९८५५०९०३२५ मा सम्पर्क गर्ने तथा नाम टिपाउन प्रहरी निरिक्षक केशरीले आग्रह गरेका छन् ।
