अस्वस्थ गृह मन्त्री श्रेष्ठलाइ भेटन अस्पताल पुगे प्रधानमन्त्री प्रचण्ड

राजनीति समाचार

काठमाडौं, २० मंशिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गंगालाल अस्पतालमा उपचाररत उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठलाइ भेटन पुगेका छन ।

 

हिजो राती गृहमन्त्री श्रेष्ठले छातीमा असहज महसुस गरे पछि नियमित स्वास्थ्य परिक्षणको क्रममा गंगालाल हृदयरोग केन्द्रमा उपचारका लागि भर्ना भएका थिए ।

 

यसरी भर्ना भएका श्रेष्ठलाइ भेटन प्रधानमन्त्री अस्पताल पुगेका हुन ।

 

गृह मन्त्री श्रेष्ठका स्वकिय सचिव बिजय गौतमका अनुसार उनको स्वास्थ्य स्थीति सामान्य र स्थीर रहेको छ । उनका अनुसार मङ्सिर १९ गते बेलुकी Angiogram गरी देब्रे नसा (left Anterior Descending Coronary Artery) को Angioplasty सम्पन्न गरिएको छ।

 

यसअघि करिब ७ हप्ता अघि चिन भ्रमणको क्रममा उहॉंको left circumflex artery मा Angioplasty गरिएको थियो ।

सघन कक्षमा उपचाररत उहॉंको स्वास्थ्य अवस्था स्थिर रहेको गृह मन्त्रालयले जनाएकाे छ ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *