रसीद आलम ,बिरगंज ,१० फागुन ।
भन्सार छली चोरी पैठारी गरी ल्याएको १० लाख ०४ हजार ४ सय रुपैया बराबरको लत्ताकपडा तथा भाडाकुडा पर्सा प्रहरीले पक्राउ गरेको छ।
फागुन ९ गते दिउँसो १ बजेको समयमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.१६ ईदगाह चोकमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएको लेडिज कपडा तथा बिरियानी पकाउने भाडा लगायतका मालबस्तुहरू पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ।
चोरी पैठारी गरी वीरगञ्जको घण्टाघरतर्फ लैजादै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। प्रहरी टोलीलाई देख्नासाथ बोकी ल्याएको मालबस्तुहरू छाडी तस्करहरु फरार भएको हुँदा सो मालबस्तुहरू वेवारिसे अवस्थामा बरामद गरी आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) ध्रुव कुमार श्रेष्ठले बताएका छन् ।
बरामद गरिएका समानहरु मध्ये लेडिज कुर्ता सुरवाल-९४८ पिस,बिरियानी पकाउने भाडा- ५ थान, ठुलो भठ्ठी- २ पिस, छनौटा- २ थान र सानो बाटी-२ थान रहेको प्रहरीले जानकारी गराएको छ।