बारा:बिओपी बरैनियाद्वारा लाखौं मुल्य बराबरको अबैध कपडा पक्राउ ।

समाचार

बारा,६ पुस ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बरैनियाले भन्सार छलीएका चोरी तस्करीका अबैध कपडाहरु पक्राउ गरेको जनाएको छ।

पुस ५ गते बिश्रामपुर गा.पा.-३ स्थित मुसहर्वा सीमा ईलाकामा अवैध रुपमा भन्सार छलि ३ जना व्यक्तिले टाउकोमा बोकी नेपालतर्फ ल्याउदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बरैनियावाट सशस्त्र प्रहरी सहायक निरीक्षक विशम्वर पासवानको कमाण्डमा खटिएका गस्ति टोलीलाई देखसाथ उक्त सामानहरु सोही स्थानमा छाडी व्यक्ति फरार भएको हुँदा उक्त सामानहरु नियन्त्रणमा लिईएको सशस्त्र प्रहरी निरीक्षक दिपक थापाले बताएका छन् ।

पक्राउ गरेका कपडाहरु मध्ये कोरा लठ्ठा (१०थान) ३७२.९ मिटरको मुल्य रु.४४७४८/-,मखमली साकुरान कफा २०० मिटर मुल्य रु.१२०००/-,विल्च मलमल (२थान)६२.५ मिटर रु.६८७५/-,धोती रातो ८ थान रु.६४००/-पेटिकोट (९ थान)२१६ मिटर रु.२५९२०/-,कपडा धुने साबुन ५४ के.जि रु.५४००/-,सुर्ति बट्टा ५५ के.जि. रु.१६५०/-,मखमल सुट कपडा १६ थान रु.१६००० र उलन सल ६ थान रु.४८००/- जम्मा गरि रु. १ लाख २३ हजार ७ सय ९३ को मुल्यांकन गरि आवश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको ईन्स्पेक्टर थापाले जनाएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *