डीएसपी पूर्णिमा चन्द उत्कृष्ट प्रहरी घोषित

समाचार

काठमाडौं, ११ पुस । प्रहरी वृत्त स्वयम्भूमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) पूर्णिमा कुमारी चन्द मंसिर महिनाको उत्कृष्ट प्रहरी घोषित भएकी छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरी काम कारबाहीमा प्रभावकारी भूमिका निर्वाह गर्नुका साथै आम नागरिकलाई सुरक्षा प्रत्याभूति दिलाउन उत्कृष्ट कार्य गरेको ठहर गर्दै मंसिर महिनाको ‘पोलिस अफ द मन्थ’ घोषणा गरेको छ।

प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र बहादुर खत्रीको हस्ताक्षरमा चन्दलाई प्रदान गरिएको प्रमाणपत्रमा भनिएको छ, ‘नेपाल प्रहरी संगठनले दिएको जिम्मेवारी पूर्णरुपमा लगनशील, कर्तव्यनिष्ठ एव अपराध अनुसन्धान र प्रहरी कारबाहीमा प्रभावकारी भूमिका निर्वाह गर्नुका साथै सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति गराउने कार्य गरी आम नागरिकका माझ प्रहरी संगठनको गरिमा एवं श्रीवृद्धिमा तपाईँले पुर्‍याउनु भएको योगदानको उच्च कदर गर्दै २०८० साल मंसिर महिनाका ‘पोलिस अफ द मन्थको रूपमा यो प्रशंसा पत्र प्रदान गरिएको छ।’

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *