बिरगंज ,२२ पुस।
सशस्त्र प्रहरी बल नेपाल पर्सा प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंज भन्सारले चोरी तस्करीका लाखौं मुल्य बराबरको कपडा तथा विभिन्न सामानहरु ईनर्वाको बासघारीबाट पक्राउ गरेको जनाएको छ।
सशस्त्र प्रहरीका अनुसार आइतबार बिरगंज महानगरपालिका-१६ ईनर्वाको बासघारि इलाका तथा बलिरामपुरबाट चोरी तस्करीका भन्सार छलिएका विभिन्न सामानहरु प्रस्ताबित सिमा सुरक्षा गुल्म बीरगंजबाट सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र बहादुर सिंहकाे कमाण्डमा खटिएकाे टोलीले पक्राउ गरेको छ।
सो टाेलीले भारतबाट अबैधरूपमा भन्सार छली साईकलमा लाेड गरि नेपाल तर्फ ल्याउदै गरेकाे रू. २ लाख मुल्य बराबरकाे कपडा,हार्डवयर तथा प्याज नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी ) सङ्गम श्रेष्ठले जनाएका छन ।
सशस्त्र प्रहरीलाई देखेर तस्करहरु सामान छाडी साईकल लिएर भागेको हुदा सामान बरामद गरि आवश्यक कार्वाहीको लागि बीरगंज भन्सार कार्यालयमा बुझाईएकाे डिएसपी श्रेष्ठले जानकारी गराएका छन् ।
