४ लाख भन्दा बढीका प्याज सहित ट्रक बारा प्रहरीको नियन्त्रणमा।

समाचार

रसीद आलम,बारा,१ माघ ।

बारा प्रहरीले रु.४ लाख भन्दा बढीका अबैध प्याज सहित एउटा ट्रक पक्राउ गरेको छ।

प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.१ पथलैयामा मुल्य रु.४ लाख ८७ हजार ५ सय बराबरको करिब ९७५० किलो अबैध प्याज सहित एक ट्रक नियन्त्रणमा लिएको बारा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी )दधिराम न्यौपाने जानकारी गराए।

आइतबार राति ९:३० बजेको समयमा सिरहाबाट काठमाण्डौतर्फ जादै गरेको प्र.२-०३- ००१ ख ०९५६ नम्बरको मिनि ट्रकलाई रोकी चेक जाँच गर्दा विल विजक सन्कास्पद रहेकाले प्याज सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको डिएसपी न्यौपानेले जनाए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *