चितवनमा ज्यान मार्ने धम्की दिई १५ लाख फिरौति माग गर्ने ३ जना पक्राउ

समाचार

चितवन,४ माघ । चितवनमा ज्यान मार्ने धम्की दिई १५ लाख फिरौति माग गर्ने ३ जना पक्राउ  परेका छनु । पक्राउ पर्नेहरुमा भरतपुर महानगरपालिका वडा नं २१ बस्ने  २७ वर्षिय सरोज सुनार, वडा नं १ बस्ने  २६ वर्षिय दिपक बि.क र वडा नं २६ बस्ने २५ वर्षिय सागर बि.क रहेका छन् ।

 

उनिहरुले गत पुस २८ गते रुपन्देही असुरैना वडा नं ३ घर भई हाल भरतपुर महानगरपालिका वडा न १ मा व्यवसाय गरि बस्ने करन गुप्तालाई बारम्बार अपरिचित एनसेलको विभिन्न नम्बरबाट फोन गरी १५ लाख रकम फिरौति माग गरेको र यदि नदिएमा सुट गरि मार्ने धम्की दिएको जिल्ला प्रहरी कार्यलय चितवनले जानकारी दिएको छ ।

 

रकम फिरौति र ज्यान मार्ने धम्की पटक पटक दिनरात दिएको भनी निवेदन प्राप्त हुनासाथ तत्काल प्रहरी निरीक्षक उमाशंकर प्रसाद शाहको कमाण्डमा बिशेष प्रहरी टोली परिचालित गरी विभिन्न प्रविधी को प्रयोग तथा सूचना संकलन तथा शंकित व्यक्तिको निगरानी गरी धाक धम्की दिई रकम माग गर्ने ब्यक्ति तथा सो कार्यमा संलग्न मानिसहरुको पहिचान तथा खोजतलास गर्ने क्रममा उनिहरुलाई मंगलबार भरतपुर महानगरपालिका स्थित विभिन्न स्थानबाट माग बमोजिमको फिरौति रकम लिन आएको अवस्थामा पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

 

उनीहरुलाई चितवन जिल्ला अदालतबाट आपराधिक षड्यन्त्र मुद्धा शिर्षकमा म्याद थप गरि अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *