बारा प्रहरीको ठुलो सफलता ,८७ लाख बराबरको मलसहित १३ वटा ट्रक पक्राउ।

समाचार

बारा,४ माघ।

बारा प्रहरीले ८७ लाख बराबरको पोटास खाद सहित १३ वटा ट्रकहरु नियन्त्रणमा लिएको छ।

विशेष सूचनाको अधारमा मुल्य रू. ८७ लाख ३६ हजार बराबरको ५४६० बोरा पोटास खाद बरामद गरेको बारा प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराको अनुसार M/S KISAN TRADERS INDIA COMPANY को पोटास खाद १३ वटा ट्रकमा लोड गरी वीरगंज देखि राजबिराज, विराटनगर, बिर्तामोडतर्फ गईरहेको सूचनाको अधारमा चेकजाँच गर्दा बिलविजक सन्कास्पद रहेकाले नियन्त्रणमा लिएको हो।

प्रहरी चौकी पथलैयाले ना.५.ख.२९८७, ना.८.ख.८५२२, ना.८.ख. १८४५, ना. ६.ख.७३११,ना ५ ख ५४०७ नम्बरको ट्रकहरुबाट २१०० बोरा पोटास खाद बरामद गरेको छ।त्यस्तै ईलाका प्रहरी कार्यालय निजगढले ना ५ ख ३३३, ना ७ ख १८६३,ना ५ ख ७७८६, ना ६ ख ३८३४,ना ७ ख ९८४४,ना ६ ख ३३४०, ना ८ ख २४९७,र ना ७ ख ९८५२ नम्बरको ट्रकहरुबाट ३३६० बोरा पोटास खादसहित ट्रकहरुलाई नियन्त्रणमा लिएको बारा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी (डिएसपी )दधिराम न्यौपाने जानकारी गराए।

डिएसपी न्यौपानेका अनुसार मातहतका प्रहरी ईकाइ कार्यालयहरुद्वारा चेकजाँच गर्ने क्रममा पोटास खादसामाग्रीको कर सम्बन्धि विवरण संकास्पद देखिएको हुँदा पोटास खाद सहित सो ट्रकहरुलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडि बढाईएको जनाए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *