भन्सार छलीएका औषधी सशस्त्र प्रहरी पर्साको नियन्त्रणमा ।

समाचार

रसीद आलम,बिरगंज ,१५ फागुन ।

सशस्त्र प्रहरी बल पर्साले भन्सार छलीएका ४१ हजार ७ सय ७२ रुपैयाँको औषधी पक्राउ गरेको छ।

बिओपि सिर्सियाबाट खटिएको सशस्त्र प्रहरी टोलीले चेकजाँचको क्रममा फागुन १४ गते पर्साको बीरगंज -१० स्थित अलखिया मठ नजिकै मेनरोडबाट मल्टी भिटामिन औषधी नुट्रीडेक्स मल्टी भिटामिन सिरप २०० एम एलको १४४ बट्टा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।

अवैध रुपमा भंसार छली भारतबाट बिआर २२ एम ९१०९ नम्बरको  भारतिय मोटरसाइकलमा लोड गरि नेपाल तर्फ ल्याउँदै गरेको तथा सशस्त्र प्रहरीको टोलीलाई देख्नासाथ औषधी छाडि व्यक्ति भागि गएको हुँदा उक्त मोटरसाइकल र औषधी नियन्त्रणमा लिई औषधीको ४१ हजार ७ सय ७२ रुपैयाँ र मोटरसाइकलको २ लाख ५० हजार गरि जम्मा रु.२ लाख ९१ हजार ४ सय ७२ बराबरको मुल्यांकन गरि आवश्यक कारबाहीको लागि बिरगंज भंसार कार्यालय बुझाएको सशस्त्र प्रहरी बल पर्साका प्रवक्ता तथा सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी ) सङ्गम श्रेष्ठले बताएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *