पर्सा :लागु औषध सहित ४ जना पक्राउ।

समाचार

रसीद आलम,बिरगंज ,६ चैत ।

लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ सहित ४ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

चैत ५ गते वीरगञ्जको महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोकस्थित सडकखण्डमा प्रहरी चौकी ईनर्वाबाट खटिएको चेकिङ टोलीले भारतबाट नेपालतर्फ आवत जावत गर्ने सवारी साधन तथा यात्रीहरूलाई चेकजाँच गर्ने क्रममा जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं.१७ शारदानगर बस्ने वर्ष २४ को अमित गुरुङ र सोही बस्ने वर्ष २४ की सुनिता विकलाई लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ १ ग्राम सहित पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ।

चेकजाँच गर्ने क्रममा सुनिता विकले लगाएकी आफ्नो कपडाभित्र सो परिमाणको लागु औषध खैरो हिरोइन लुकाई छिपाई राखिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ।

त्यस्तै , वीरगञ्ज महानगरपालिका वडा नं.१५ चालीस फिट्टे स्थित सडकखण्डमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको चेकिङ टोलीले बा.९५ प २३०३ नम्बरको स्कुटीलाई चेकजाँच गर्दा स्कुटीमा सवार जिल्ला रौतहट चन्द्रनगर न.पा.वडा नं.५ बस्ने वर्ष २४ को सेजल श्रेष्ठ र पर्साको जिराभवानी गा.पा.वडा नं.२ बस्ने वर्ष १९ को बिजय साहलाई लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ १ ग्राम सहित पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।

सेजल श्रेष्ठले लगाएको पाइन्टमा लुकाई छिपाई राखिएको अवस्थामा लागु औषध खैरो हिरोइन बरामद भएको हो।

पक्राउ परेका चारै जनाहरू विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको पर्सा प्रहरीका डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *