चितवनमा ५९३ एम्पुल लागूऔषधसहित एक जना पक्राउ

समाचार

चितवन, १६ चैत । चितवनको कालिका नगरपालिकाबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका वडा नम्बर ७ आदर्श टोल बस्ने ३० वर्षीय मिलन तामाङ रहेका छन्। उनलाई बुधबार राति करिब ९ बजेको समयमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

इलाका प्रहरी कार्यालय टाँडी चितवनबाट खटिएको प्रहरी टोलीले तामाङलाई शङ्कास्पद रूपमा हिँडिरहेको अवस्थामा फेला पारी खानतलासी गर्दा उनको साथबाट डाईजेपाम १९७ एम्पुल, बुप्रिनोर्फिन २१० एम्पुल, फेनार्गन १८६ एम्पुल गरी जम्मा ५९३ एम्पुल फेला परेको र उक्त लागूऔषध सहित उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको चितवन प्रहरी जनाएको छ।

 

 

 

 

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *