रसीद आलम,बिरगंज ,१६ चैत ।
पर्सा प्रहरीले बीस लाख बराबरको भैसी,पिकअप र कपडाहरू सहित १ जना ब्यक्तिलाई पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले चैत १३ गते पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.३ छपकैया स्थितबाट भन्सार छली चोरी तस्करी गरी भित्राइएको रु.४ लाख ५१ हजार बराबरको कुर्ता-सुरवाल, कार्पेट र कुर्ता सुरवाल बनाउने थान कपडाहरू बरामद गरि आवश्यक कार्वाहीको लागी वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरीले जनाएको छ।
त्यस्तै ,पर्साको वीरगञ्ज म.न.पा.वडा नं.२१ परवानीपुर चोक स्थितबाट ना.५ च ३३८६ नम्बरको पिकअपमा दुहुना भैंसी २ वटा र पाडा १ वटा भारतबाट भन्सार छली चोरी तस्करी गरी वीरगञ्जबाट नवलपरासीतर्फ जाँदै गरेको अवस्थामा भैंसीसहित पिकअप र साहु बहुदरमाई न.पा.वडा नं.५ बस्ने वर्ष ५५ को जोतनारायण यादवलाई पक्राउ गरीएको पर्सा प्रहरीका प्रवक्ता डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए।
पक्राउ गरिएको पिकअप, भैंसी ,पाडा र ब्यक्तिलाईलाई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको डिएसपी थापाले बताए।
