कास्की जिप दुर्घटना: सशस्त्र प्रहरीद्वारा उद्दार कार्यमा सहयोग ,दुई जनाको मृत्यु, १० घाइते।

समाचार

कास्की, १९ चैत । कास्कीको अन्नपूर्ण गाउँपालिका-४ भदौरेस्थित थामडाँडामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्।

आइतबार ३ बजेर ५० मिनेटमा पोखराबाट सल्यानतर्फ जाँदै गरेको ग.१.ज. ५५४७ नम्बरको यात्रुवाहक जिप सडकबाट अन्दाजी २ सय ५० मिटर तल खस्दा दुई जनाको ज्यान गएको हो। मृतकको पहिचान खुल्न सकेको छैन। जिपमा १२ जना सवार थिए।

घटनास्थलमा कालिका गण पोखराबाट सशस्त्र प्रहरीको टोली पुगेको छ। घाइतेलाई उपचारका लागि पोखरा ल्याइँदै गरेको कालिका गणका गणपति अरूण पौडेलले बताए।

घटनास्थलबाट सशस्त्र प्रहरी, स्थानीय र नेपाल प्रहरीको सहयोगमा १० जनालाई उद्धार गरी पोखरास्थित अस्पताल पठाइएको छ।

“कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिका- ४ भदौरे देउराली नजिक थामडाडा घुम्तीमा पोखराबाट सल्यानतर्फ जाँदै गरेको ग १ ज ५५४७ नम्बरको यात्रुबाहक जिप चैत्र १८ गते सडकबाट अन्दाजी २०० मिटर तल खसेको खबर पाएपछि नं. २४ कालिका गण पोखराबाट बिपद् उद्धार सामाग्रीसहित खटिएको फौजले १० जनालाई जीवितै उद्धार गर्न सफल भएको छ भने मृत्यु भएका २ जनाको शव निकालेको छ ।”-कालिका गणका गणपति अरूण पौडेलले बताए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *