पर्सा हरिहरपुरका एक जना बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ।

समाचार

बिरगंज ,१९ चैत ।

पर्सा प्रहरीले बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्सा धोबिनी गाउँपालिका वडा नं.३ हरिहरपुर बस्ने वर्ष ३० को सुजित राउत कुर्मी रहेको प्रहरीले जनाएको छ।

लुकीछिपी बस्दै आएको कुर्मीलाई विशेष सूचनाको आधारमा चैत १७ गते जिल्ला प्रहरी कार्यालयबाट खटिएका टोलिले धोबिनी गाउँपालिका वडा नं.३ लंगडीबाट पक्राउ गरि आवश्यक कारवाहीको लागि सम्मानित पर्सा जिल्ला अदालतमा उपस्थित गराइएको पर्सा प्रहरीका प्रवक्ता डिएसपी कुमार बिक्रम थापाले जनाए ।

बैंकिङ कसूर मुद्दामा ३ दिन कैद र रु.२५ लाख जरिवाना पर्सा जिल्ला अदालतले तोकेको थियोे तर कुर्मी फरार थिए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *