पर्सा प्रहरीद्वारा करिब ५ लाख बराबरको खाद्यान्न तथा हरियो तरकारी पक्राउ ।

समाचार

बिरगंज ,१९ चैत ।

पर्सा प्रहरीले तस्करीका खाद्यान्न तथा हरियो तरकारी बिरगंजका विभिन्न ठाउँबाट पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रु.४ लाख ८९ हजार ८ सय ५० बराबरका भारतबाट अबैध तरिकाले नेपाल भित्र्याएका गोलभेडा, कटहर, हरियो खुर्सानी,मैदा र पापडहरू पक्राउ गरेको जनाएको छ।

आइतबार वीरगञ्ज म.न.पा.वडा नं.१६ नगवा स्थित सडकखण्डबाट दुई लाख एकासी हजार साठी रुपैयाँ बराबरको हरियो खुर्सानी-८८९ के.जी., गोलभेडा-२३५० के.जी., कटहर-३५०० के.जी.पर्सा प्रहरीले बरामद गरेको छ। त्यस्तै , वीरगञ्ज म.न.पा.वडा नं.१  छपकैया स्थित सडकखण्डको छेउमा भारतबाट भन्सार छली चोरी पैठारी गरी अनाधिकृतरूपमा भन्डारण गरी राखेको दुई लाख आठ हजार सात सय नवे  रुपैयाँ बराबरको मैदा २३०० के.जी., पापड १२८ के.जी., सुरवालको थान कपडा-६९७ मिटर बरामद गरेको पर्सा प्रहरीका प्रवक्ता डिएसपी कुमार बिक्रम थापाले जनाए ।

बरामद गरिएको समान आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको डिएसपी थापाले जानकारी दिए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *