गहवामाईको निशान सहितको प्रथम डोलि यात्रा बैशाख ४ गते हुने

समाचार

विरगञ्ज, २० चैत । गहवामाईको निशान सहितको प्रथम डोलि यात्रा बैशाख ४ गते हुने भएकाे छ ।

 

माईस्थान संचालक समितिका अनुसार देश विदेशमा सुप्रसिद्ध एतिहासिक श्री गहवा माईको निशान सहितको प्रथम डोलि यात्रा यहि बैशाख ४ गते मंगलवार दिनको ४ बजे प्रारम्भ गरिने भएकाे हाे ।

 

माइस्थान सन्चालक समितीका अध्यक्ष नरेन्द्रकुमार शाहको अध्यक्षतामा भएको सो सम्मेलनमा डोलि यात्रा मन्दिरबाट सुभारम्भ भएर २ नम्बर रोडबाट हुँदै गणेशमान चोक, बिर्तामाई मन्दिर , अलखिया मठ, महाबिर मन्दिर, घन्टाघर हुँदै श्रीगहवा माई मन्दिर प्राङ्गणमा आई समापन हुने महासचिव बिजय कुमार उपाध्यायले जानकारी दिए ।

 

सो डोलि यात्रा सुरु हुनु अघि दिनको २ बजेदेखी २ घन्टा डोलाको पुजाआजा गरि ४ बजे देखि यात्रा सुरु गरी ६ बजेभित्र मन्दिर पुगि समापन गर्ने कार्यक्रम रहेकोेले सम्पुर्ण भक्तजनलाई सो दिन बढी भन्दा बढी मात्रामा सहभागी भएर यात्रा सफल गरि दिन आग्रह गरेका थिए ।सो डोलि यात्रामा डोलि निर्माणको खर्च समितिका सह कोषाध्यक्ष डा. सराफले स्विकार्नु भएको एवं सो यात्रा कार्यक्रममा करिब ८ लाख खर्च हुने अनुमान गरिएको छ ।

 

त्यसको लागि चन्दा नठाउने र ईच्छुक दाता वा भक्तजनले सहयोग गर्न चाहे माईस्थान सञ्चालक समितिको कार्यालयमा आई सहयोग गरे स्विकार्ने पनि बताए । त्यसैगरि सो दिन गहवा माईको निशान लिने व्यक्तिले  ५०५ सुल्क तिरेर लिन सक्ने र त्यसमा झन्डा , लगाउने पट्टा र प्रसाद रहेको सो पत्रकार सम्मेलनमा अध्यक्ष नरेन्द्र कुमार शाहले जानकारी दिए ।

 

 

 

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *