एसपी खड्काको कमान्डमा साढे ४५ लाख बराबरको समानसहित पिक अप बारा प्रहरीको नियन्त्रणमा ।

समाचार

रसीद आलम ,बारा,२ बैशाख।

बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्का जिल्लाको कमान्ड सम्भाल्ने बित्तिकै बारा प्रहरीले ४५ लाख ५१ हजार बराबरको विभिन्न समान सहित २ वटा मालबाहक गाडी नियन्त्रणमा लिएको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा मातहत पर्ने प्रहरी चौकी मटिअर्वाले चैत ३० गते कलैया उप-महानगरपालिका वडा नं.१० स्थित चेकिङ्ग गर्ने क्रममा म.प्र. २-०३-००१ह२७७९ नम्बरको अटोलाई रोकी चेक जाँच गर्दा रु.१ लाख बराबरको भन्सार छलीका कपडाहरू नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ।

प्रहरी चौकी मुसहर्वाले बिश्रामपुर गा.पा. वडा नं. ०४ बलिरामपुर स्थित भारतबाट नेपालतर्फ १२ वटा साईकलमा भन्सार छली गरी ल्याउदै गरेको तरकारी प्रहरी टोलिलाई देखी उक्त तरकारी र साईकल फाली मानिस फरार रहेकोले उक्त साईकल र ७२ हजार बराबरको तरकारी नियन्त्रणमा लिएको छ।खुदिया टोल स्थित भारतबाट नेपालतर्फ टाऊकोमा बोकी भन्सार छली गरी ल्याउदै गरेको रु.३० हजार ८ सय ४० बराबरको किराना समानहरु प्रहरी टोलिलाई देखी उक्त किराना समानहरु फाली मानिस फरार रहेको हुदा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरी चौकी कचोर्वाले भन्सार छलिएका रु.१७ हजारको किराना समानहरु नियन्त्रणमा लिई आवश्यक कार्वाही भैरहेको बारा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी ) दधिराम न्यौपानेले जानकारी दिए।

ईलाका प्रहरी कार्यालय अम्लेखगंजले चेकजाँचको क्रममा चैत २९ गते जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.२१ स्थित सर्लाहीबाट काठमाडौँ तर्फ जादै गरेको प्र.२-०३-००१ च ३६१५ नम्बरको पिकअपमा बिल बिजक भन्दा बढी दाल लोड रहेकोले २ लाख १५ हजार ५ सय ८० रूपैया बराबरको दाल सहित पिक अपलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।चेक जाँच गर्दा बिल बिजक अनुसार १२ क्विन्टल रहर र चानाको दालको बिलबिजक रहेको र ८ क्विन्टल रहर र चानाको दालको बिलबिजक नरहेकोले पक्राउ गरिएको डिएसपी न्यौपानेले जनाए।

बाराको जितपुरसिमरा उ.म.न.पा. २१ स्थित बिरगंजबाट कास्की तर्फ जाँदै गरेको ना ३ ख ४९६१ नम्बरको  डिब्बा भ्यानमा  रु. ४१ लाख २३ हजार ३सय ३९ बराबरको खुद्रा समान लोड रहेको र सोको बिल बिजक सन्कास्पद रहेकोेले ईलाका प्रहरी कार्यालय अम्लेखगंजले नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ ।

समान सहित पिकअप डिब्बा भ्यानलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाईएको एसपी महेन्द्र खड्काले जानकारी दिए।

पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रममा बारा प्रहरी प्रमुख प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले बारा जिल्लामा शान्ति सुरक्षाका विषयमा कुनै किसिमको सम्झौता नहुने बारावासीले शान्ति सुरक्षाका अनुभुती गर्ने छन् तथा तस्करी र अपराधीलाई कुनै किसिमको छुट नदिने प्रतिबद्धता गरे ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *