सशस्त्र प्रहरी पर्साद्वारा स्रोत नखुलेको रकमसहित भारत बिहारका अफ्रोज अहमद पक्राउ ।

समाचार

बिरगंज ,१७ बैशाख।

सशस्त्र प्रहरी बल पर्साले स्रोत नखुलेको३ लाख ३६ हजार रकमसहित एक जना भारतीय ब्यक्तिलाई पक्राउ गरेको छ।

बिरगंज महानगरपालिका -१६ भन्सार मेनगेट ईलाकामा प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजबाट सशस्त्र प्रहरी नायब निरीक्षक केशव बिष्टको कमान्डमा खटिएको टोलिले चेकजाँच गर्ने क्रममा नेपालबाट भारततर्फ जादै गरेको बिआर ०५ एजेड ७५७४ नम्बरको टिभिएस मोटरसाइकलमा सवार भारत पुर्बी चम्पारण रक्सौल निवासी बर्ष ४० को अफ्रोज अहमदलाई नेपाली रुपैया रु. ३ लाख ३६ हजार सहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।

अफ्रोज अहमदको साथबाट रु.१००० दरको नोट ३६ थान र रु.५०० दरको नोट ६०० थान ‍ बरामद भएको गुल्म बिरगंजले जानकारी गराएको छ।

मोटरसाइकलको २ लाख रुपैया बराबरको मुल्यांकन गरि नियन्त्रणमा लिएको भारतीय नागरिक अहमदलाई आवश्यक कारबाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी ) देबेन्द्र बहादुर सिंहले जानकारी दिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *