बारा प्रहरीद्वारा स्रोत नखुलेको ३ लाख ५० हजार सहित एक जना पक्राउ।

समाचार

रसीद आलम,बारा,१७ बैशाख।

हुण्डी कारोबारमा संलग्न रहेका एक जना व्यक्तिलाई रु.३ लाख ५० हजारको अवैध रकम सहित बारा प्रहरीले नियन्त्रणमा लिएको छ।

 

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले बैशाख १५ गते  बाराको कलैया उप महानगरपालिका वडा नं. १२ सितलपुर स्थित सडक खण्डमा मदन कुमार मिश्रालाई स्रोत नखुलेको रकम सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मधेश प्रदेश ०३-०२५ प ७६९८ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालमा श्रोत नखुलेको रकम ओसार पसार गर्ने क्रममा निजको साथ बाट लुकाई छिपाई ल्याएको नेपाली रू. तिन लाख पचास हजार सहित पक्राउ गरी बैंक तथा वित्तिय संस्था सम्बन्धी कसुर मुद्दा दर्ता गरी सम्मानित बारा जिल्ला अदालत कलैयाबाट ५ दिनको म्याद थप गरीएको बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी )महेन्द्र खड्काले बताए।

सो सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको बारा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

पक्राउ परेका ४५ वर्षीय मदन कुमार मिश्रा बाराको कलैया उप महानगरपालिका वडा नं. ६  बेलापातीका वासिन्दा रहेको डिएसपी न्यौपानेले बताए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *