पर्सा :६० लाख बराबरको कपडा लोड रहेको ट्रक पक्राउ।

समाचार

बिरगंज ,१८ बैशाख।

बिल बिजक भन्दा बढी कपडाहरू लोड रहेको मालवाहक ट्रकलाई पर्सा प्रहरीले  नियन्त्रणमा लिएको छ।

बैशाख १६ गते वीरगञ्ज महानगरपालिका वडा नं.१७ आई.सि.पी.गेट स्थित सडकखण्डबाट मधेश प्रदेश ०३-००२ ख १०५ नम्बरको मालवाहक  मिनी ट्रकलाई राजश्व छली चोरी गरेको आरोपमा पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ।

विल विजक भन्दा बढी कपडाहरू लोड गरी वीरगञ्जबाट काठमाण्डौतर्फ लैजादै गरेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको चेकिङ टोलीले चेकजाँच गर्दा उक्त मालवाहक मिनि ट्रकमा लोड रहेको कपडाहरुको प्रज्ञापन पत्र, अनलाइन भिसिटिएस विल भन्दा बढी लोड रहेको आसंकामा तथा बिलबिजक सन्कास्पद रहेकोले कपडा सहित ट्रकलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी ) कुमार बिक्रम थापाले जानकारी दिए।

नियन्त्रणमा लिएको मालवाहक मिनि ट्रकमा रू.६० लाख बराबरको कपडाहरू लोड रहेको र आवश्यक कारवाहीको लागि मिति २०८१।०१।१७ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको डिएसपी थापाले जनाए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *