बारा प्रहरीद्वारा ३९ लाख बराबरको अबैध समानसहित ट्रक पक्राउ।

समाचार

रसीद आलम ,बारा,२० बैशाख।

बारा प्रहरीले रु.३९ लाख १८ हजार बराबरको अबैध समान सहित एक ट्रक पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा मातहत ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएका प्रहरी टोलिले वीरगंजबाट चितवन तर्फ जादै गरेको बा २ ख ४१६६ नम्बरको डिब्बे ट्रकलाई चेक जाँच गर्दा बिल भरपाई फरक रहेको र समानको स्रोत खुलाउन नसकेकोले नियन्त्रणमा लिएको बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी )महेन्द्र खड्काले बताए।

सो ट्रकमा मुल्य रू. ३९ लाख १८ हजार ३ सय ९१  रूपैया बराबरको कपडा, प्याज, फ्रिज लगायत अन्य समानहरू रहेको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिईएको ट्रकलाई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया पठाईएको बारा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *