वीरगञ्ज ,२५ बैशाख । जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न स्थानमा गरिएको विशेष चेकजाँच तथा निगरानी अभियानका क्रममा ४ जना लागुऔषध सेवनकर्तालाई पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार जिल्लाभित्र लागुऔषध दुव्र्यसन तथा अवैध कारोबार नियन्त्रण गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियान अन्तर्गत शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरूमाथि निगरानी गर्दा उनीहरू पक्राउ परेका हुन्। पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक सोधपुछ तथा स्वास्थ्य परीक्षणपछि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
पर्सा प्रहरीले पछिल्लो समय लागूऔषध नियन्त्रण अभियानलाई तीव्र बनाउँदै सेवनकर्ता तथा कारोबारीमाथि निगरानी बढाएको छ। विशेषगरी सीमावर्ती क्षेत्र, होटल, लज तथा सार्वजनिक स्थानहरूमा नियमित चेकजाँच र प्रहरी परिचालनलाई प्रभावकारी बनाइएको जनाइएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले युवापुस्तालाई लागुऔषध दुव्र्यसनबाट जोगाउन अभिभावक, विद्यालय, स्थानीय तह तथा समुदायको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै समाजमा शान्ति सुरक्षा कायम राख्न यस्ता अभियान निरन्तर सञ्चालन हुने जनाएको छ।
