रसीद आलम,बिरगंज ,२० बैशाख।
सशस्त्र प्रहरी बल पर्साले भन्सार छलिएका लाखौं मुल्य बराबरको सामानहरु बरामद गरी भन्सार दाखिला गरेको छ।
बीरगंज महानगरपालिका -१६ भन्सार मेनगेट वरपरको ईलाकाबाट प्रस्तावित सिमा सुरक्षा गुल्म बीरगंजबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमान्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा नेपालबाट भारततर्फ भन्सार छलीको मदिरा सहित गईरहेको बिआर ०५ एई ४५१० नम्बरको मोटरसाइकल तथा भारतबाट अबैध रुपमा भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको रु.१५ लाख ३० हजार २ सय ८० बराबरको किराना सामान, खेलैना, लत्ताकपडा, हार्डवयर, कस्मेटिक र मोबाईल पार्टसहरु बरामद गरेको सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी ) देबेन्द्र बहादुर सिंहले जानकारी दिए।
भन्सार छलिका सामानहरु तथा उक्त मदिरा लैजाँदै गरेको मोटरसाइकल समेत बरामद गरी आवश्यक कारबाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको डिएसपी सिंहले बताए।
