बिना नम्बर प्लेटका १४ थान भारतीय ई–स्कुटर वीरगञ्जबाट बरामद, ११ लाख बढी मूल्यका सवारी नियन्त्रणमा

समाचार

बिरगञ्ज, ११ बैशाख।
पर्साको वीरगञ्जमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका भारतीय ई–स्कुटरहरू सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

बैशाख १० गते जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका वडा नं. १६ स्थित भन्सार मेनगेट क्षेत्रमा खटिएको सशस्त्र प्रहरी बलको चेकप्वाइन्ट टोलीले भारतबाट भन्सार प्रक्रिया पूरा नगरी नेपालतर्फ ल्याइँदै गरेका १४ थान इलेक्ट्रिक स्कुटर बरामद गरेको हो।

बरामद गरिएका स्कुटरहरूको भन्सार दाखिला मूल्य करिब रु. ११ लाख २० हजार बराबर रहेको सशस्त्र प्रहरीले जनाएको छ। उक्त स्कुटरहरू बिना नम्बर प्लेटका रहेका थिए।

नियन्त्रणमा लिइएका सबै स्कुटरहरू आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

सीमावर्ती क्षेत्रमा भइरहेको कडाइका कारण पछिल्लो समय भन्सार छली तथा अवैध आयात नियन्त्रणमा उल्लेखनीय सफलता मिलिरहेको सुरक्षा निकायको भनाइ छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *