बारा प्रहरीद्वारा ४८ लाखको अबैध समान सहित ट्रक पक्राउ।

समाचार

रसीद आलम,बारा,२४ बैशाख।

बारा प्रहरीले ४८ लाख ४९ हजार बराबरको अबैध समान सहित एक ट्रकलाई नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा बैशाख २२ गते राती ९:३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय बारा मातहत प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उप-महानगरपालिका वडा नं.१ पथलैया चोकबाट बिलबिजक सन्कास्पद रहेको ट्रकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

वीरगंजबाट काठमाण्डौँतर्फ जादै गरेको ना ६ ख ८०३२ नम्बरको ट्रकलाई रोकी चेक जाँच गर्दा बिल भरपाई भन्दा बढि समान लोड रहेको आशंकामा तथा स्रोत खुलाउन नसकेकोले रू.४८ लाख ४९ हजार २ सय १६ रूपैया बराबरको ट्रकमा लोड गरेको हार्डवेयर पार्ट र अन्य खुद्रा समानहरू सहित ट्रक नियन्त्रणमा लिईएको बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी ) महेन्द्र खड्काले बताए।

सो ट्रकलाई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया पठाईएको बारा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *